नियम ५१
कैदी वा थुनुवा मरेमा गर्ने विधि
(१) कारागारका कैदी वा थुनुवाहरु आफ्ना कालगतिले मृत्यु भएमा सो लास उठाई स्थिति रीति अनुसार दाह संस्कार गर्न मर्नेका नजिक हकदार वारिस कोही नभएमा वा त्यस्ताले उठाई लैजान नचाहेमा सो लास दाहसंस्कार गर्ने संस्था भएमा सो संस्थालाई दिई नेपाल सरकारबाट स्वीकृत दरबन्दी बमोजिम दाह संस्कार खर्च दिनु पर्छ । संस्था नभएमा जुन जात मरेको हो भरसक मिल्दो जातको कैदी वा थुनुवाहरुद्वाराबाट मसानमा लगी स्वीकृत दरबन्दीको खर्चबाट दाह गर्न लगाउनु पर्छ ।
(२) उपनियम (१) बमोजिम दाह गर्ने चलन नभएको व्यक्ति मरेमा निजको चलन अनुसार गराउनु पर्छ ।